
काठमाडौं । पछिल्लो २४ घण्टामा २३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१०१३३ को परीक्षण गर्दा २३२८ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार मुलुकभरमा ५८३७ जनाको पिसिआर परीक्षणबाट १५२७ जनामा संक्रमण पुष्टि भएको छ भने ४२९६ जनाको एन्टिजेन परीक्षणबाट ८०१ जनामा पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा ३०६६ जना संक्रमणमुक्त भएका छन् । यही अवधिमा थप १९ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ । काेरोना संक्रमणका कारण नेपालमा हालसम्म ९१९८ जनाको मृत्यु भइसकेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend