
काठमाडाैं । नेकपा एमालेले पार्टीको विधान महाधिवेशन आउँदो साउन २५ देखि २७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेकाे छ ।
विधान महाधिवशेनका लागि अध्यक्ष एवम् पार्टी अध्यक्षले ओलीले राजनीतिक प्रतिबेदन लेख्ने जिम्मेवारी पाएका छन् ।
महासचिव ईश्वर पोखरेललाई सांगठिनक, उपमहासचिव विष्णु पौडेललाई विधान संसोधन र निमार्ण तथा नेता रामबहादुर थापालाई व्यवस्थापनको जिम्मा लिइएको छ । बैठकले आउँदो भदौ ५ गते वडा र १५ गते पालिका अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, असार मसान्तसम्म पार्टी सदस्यता नविकरण सक्ने निर्णय गरेको छ । पार्टी नविकरणसम्बन्धी फारम एमालेले यसअघि नै कार्यकर्ताहरुलाई पठाइसकेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend