काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनकाबारेमा फैसला आउँदासम्म जसको हस्ताक्षर शेरबहादुर देउवाको पक्षमा रहन्छ, ती एमाले नरहने बताएका छन् ।
केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले यसबारे प्रष्ट पारेका हुन् । उनले भने ‘फैसला हुँदासम्म जो जसको हस्ताक्षर रहन्छ, ती एमालेका नेता–कार्यकर्ता होइनन् ।’ ओलीले पार्टी जेठ २ मा फर्किसकेको भन्दै जो आउँदैन उसलाई नपर्खिने पनि बताए ।