
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशनको मिति तय गरेको छ । शनिबार महाधिवेशनका लागि राप्रपाले नयाँ मिति तय गरिएको हो ।
शनिबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कात्तिक २७, २८, २९ र ३० गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
त्यसका लागि वडा/गाउँ/नगर/प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन २०७८ भाद्र मसान्तसम्म सम्पन्न गर्ने निर्णय भएको छ भने सक्रिय सदस्यता वितरण भाद्र मसान्तसम्म सक्ने तय गरिएको छ ।
महाधिवेशन प्रतिनिधिको निर्वाचन असोज २० गतेसम्म गरिसक्ने राप्रपाकाे निर्णय छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend