बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

बाढीपहिरो र डुबानमा परी जेठ ३० देखियता ३८ जनाको मृत्यु, ३१ जना बेपत्ता

बाढीपहिरो र डुबानमा परी जेठ ३० देखियता ३८ जनाको मृत्यु, ३१ जना बेपत्ता

काठमाडाैं । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले यसबर्षको बाढी तथा पहिरोमा परेर ३८ जनाको ज्यान गएको जनाएको छ ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिल तामाङ्गले यस बर्ष बाढी तथा पहिरोका कारण ३८ जनाले ज्यान गुमाएको र ३१ जना अझै हराइरहेको जानकारी दिए । उनका अनुसार बाढी पहिरोमा परि ४७ जना घाइते भएका छन् । शनिबार  गोर्खा २ र धादिङ्गमा २ गरेर ४ जना पहिरोका कारणले मृत्यु भएको छ ।

अहिलेसम्म २ सय २ वटा विपदको घटनाहरु रिपोर्टिङ्ग भएको उनले जानकारी दिए । ४ सय ९५ घरहरु पुर्ण क्षति भएका छन् । १ सय १२ घरहरु आंशिक क्षति भएका छन् । सामुदायिक भवन, विद्यालयहरुमा पनि क्षति पुगेको छ । ३ दर्जन सरकारी कार्यालयमा क्षति भएको छ । त्यसैगरी २३ वटा झोलुङ्गे पुल, १४ वटा पक्कि पुल,निर्माणाधिन र सञ्चालनमा रहेका साना ठूला गरी २५ वटा हाइड्रोमा पनि बाढीले क्षति पुराएको छ । उनले यो वर्षको मनसुनजन्य क्षति सुरुवातमा नै निकै भयावह बनेर आएको र आफूहरु त्यसको प्रतिकार्यमा लागेको बताए ।

मनसुन सुरु भए लगत्तै अवरुद्ध बनेका मनाङ जाने बाटो, बाजुरा जाने बाटो र सिन्धुपाल्चोकको तातोपानी नाका जाने बाटो लामो समय देखि अवरुद्ध छ । साना साना पहिरो र बाढीका कारण अवरुद्ध भएका सडक तत्काल सञ्चालनका लागि पहल गरिएको र सञ्चालन भएको भए पनि केही स्थानको बाटोहरु लामो समय देखि अवरुद्ध रहेको प्रमुख तामाङ्गले बताए ।

उनले भने “पहिरोका कारण दर्जनौँ स्थानमा सडकहरु अवरुद्ध भएका छन् । विगत लामो समयदेखि मनाङ्ग जाने बाटो, बाजुरा जाने बाटो, सिन्धुपाल्चोकको तातोपानी नाका जाने बाटो अवरुद्ध छ ।  हिजो (शुक्रबार)को अबिरल बर्षाका कारण नारायणगढ मुग्लिन खण्डमा अवरुद्ध भएको बाटो अहिले एकातर्फी सुचारु भएको छ । विपि राजमार्ग अन्तर्गत काभ्रे सडकखण्ड पनि एकातर्फी बाटो सुरु भएको छ । शनिबार मध्यपहाडी लोकमार्गको खोटाङ्गको हलेसी खण्डमा पहिरो गएर बाटो अवरुद्ध भएको छ । त्रिभुवन राजपथको मकवानपुर खण्डमा पहिरो गएर बाटो अवरुद्ध भएको छ । अवरुद्ध भएका धेरै बाटोहरु सुचारु गर्नका लागि तत्काल प्रयास जारी छ । सिन्धुपाल्चोक, मनाङ्ग र बाजुरा जाने बाटो धेरै समय देखि अवरुद्ध भएको छ । ती सडक खुलाउने प्रयास जारी छ ।”

उल्लेखित मनसुनजन्य क्षति गत जेष्ठ ३१ गते देखि असार १९ गते सम्मको विवरण हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend