आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

डेनमार्क २९ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश 

डेनमार्क २९ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश 

एजेन्सी । चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । डेनमार्क २९ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो । 

बाकु ओलम्पिक स्टेडियममा शनिबार राति भएको क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान पक्का गरेको हो । डेनमार्का लागि थोमस डिलाने र क्यास्पर डलबर्गले पहिलो हाफमा गोल गरे । चेकका लागि प्याट्रिक सिकले एक गोल फर्काए ।

खेलको पाँचौं मिनेटमा थोमसले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४२ औं मिनेटमा युवा स्ट्राइकर डोलवर्गले गोल गर्दै डेनमार्कलाई २-० को अग्रता दिलाए । दोस्रो हाफको ४९ औं मिनेटमा प्याट्रिकले काउफलको पासमा गोल गर्दै चेक रिपब्लिकलाई २-१ को स्थितिमा ल्याएपनि जित भने दिलाउन सकेनन् ।

डेनमार्क सन् १९९२ मा उपाधि जितेपछि पहिलो पटक सेमिफाइनल पुगेको हो । डेनमार्कले अब फाइनल पुग्न इंग्ल्यासँग खेल्नेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend