आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

युरोकपको सेमिफाइनल समीकरण पूरा, जुलाई ११ मा उपाधि भिडन्त

युरोकपको सेमिफाइनल समीकरण पूरा, जुलाई ११ मा उपाधि भिडन्त

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति भएका अन्तिम दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनलमा खेल्ने चारवटै टोलीको टुङ्गो लागेको हो।

यस संस्करणमा इंग्ल्यान्ड, इटाली, स्पेन र डेनमार्कले अन्तिम चारमा स्थान बनाएका छन्  । सेमिफाइनको खेल इंग्ल्यान्डको वेम्बली स्टेडियममा बुधबार र बिहीबार हुनेछ । दुवै खेल राति १२: ४५ बजे हुनेछ ।

पहिलो सेमिफाइनलमा इटली र स्पेन भिड्नेछन् भने दोस्रोमा इंग्ल्याण्ड र डेनमार्क भिड्नेछन् ।

दुई सेमिफाइनल विजेताले उपाधिका लागि भने जुलाई ११ मा फाइनल खेल खेल्नेछन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend