बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी, सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हट्ला ?

उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी, सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हट्ला ?

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा सोमबार सकिँदै छ । सोही अनुरुप केही खुकुलो गर्दै पुन निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ ।

यस विषयमा छलफल गरेर निर्णय लिन आज दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ। बैठक दिउँसो तीन बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। उनकाअनुसार केही खुकुलो बनाएर निषेधाज्ञा एक हप्ता थप्ने तयारी गरिएको छ। 

अहिले उपत्यकामा सार्वजनिक यातायात जोर(बिजोर गरेर गत सञ्चालनमा आएका छन्। जोर विजोर प्रणाली हटाएर यातायात संचालनबारे छलफल भएपनि निर्णय भइनसकेको निरौलाले जानकारी दिए । अहिले पसलहरू बिहान ६ देखि बेलुकी ७ बजेसम्म चल्न दिइएको छ।

काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend