आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

युरोप जाँदै गरेको डुङ्गा भू-मध्य सागरमा डुब्दा ४३ जनाको मृत्यु

युरोप जाँदै गरेको डुङ्गा भू-मध्य सागरमा डुब्दा ४३ जनाको मृत्यु

एजेन्सी । लिवियाबाट युरोप जाँदै गरेको एक डुङ्गा ट्युनिशिया नजिक भूमध्य सागरमा डुब्दा ४३ जना प्रवासीहरुको मृत्यु भएको छ । ८४ जनाको भने उद्धार भएको छ । 

लिबियाको उत्तर पश्चिमी क्षेत्रबाट इटली जान हिँडेकाहरु चढेको डुङ्गा ट्युनिसियाको सीमा नजिकै दुर्घटनामा परेको बीबीसीमा उल्लेख छ । 

डुंगामा इजिप्ट, सुडान र बंगलादेशका नागरिक चढेका थिए । अफ्रिका र मध्यपूर्वका धेरै नागरिकहरु गरिबी र युद्धका कारण त्यहाँबाट भागेर भूमध्य सागर पार गर्दै युरोपेली देश पुग्ने गरेका छन् ।

विगत केही वर्षयता यो बाटो प्रयोग गर्ने क्रम घटेको थियो । तर सन् २०२१ को सुरुवातदेखि फेरि यो बाटोमा चहल पहल बढेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend