आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

आज राष्ट्रिय सभाको आठौं महाधिवेशनको दोस्रो बैठक बस्दै

आज राष्ट्रिय सभाको आठौं महाधिवेशनको दोस्रो बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभाको आठौं महाधिवेशनको दोस्रो बैठक आज बस्दैछ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा आज २ वटा कार्यसूची मात्र तया गरिएको संघीय संसद् सचिवालयले जनाएको छ। 

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन, २०७७–०७८ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

राष्ट्रिय सभाको आठौँ अधिवेशनको पहिलो बैठक असार १७ गते बसेको थियो। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend