शुक्रबार, असार २७ २०८२

शुक्रबार, असार २७ २०८२

उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा 

उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा 

एजेन्सी । उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आईतबार बिहान ब्राजिलको ब्सिलिया स्टेडियममा भएको खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको हो ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । जसमा कोलम्बियाले चार गोल गर्दा उरुग्वेका खेलाडीका दुई वटा गोल कोलम्बियाका गोलकिपर ओस्पिनाले बचाएका थिए ।

कोलम्बियाले फाईनल प्रवेशका लागि अर्जेन्टिना र इक्वेडरबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend