
बैतडी । बैतडीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । ११ जना घाइते भएका छन् ।
आइतबार बिहान सिगास गाउँपालिका ३ लगनमा जीप दुर्घटना हुँदा घाइते भएका ४५ वर्षीय जयसिंह धामीको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । उनलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय ४५ वर्षीय मानसिंह साउद र ६४ वर्षीय रामसिंह धामीको घटनास्थलमै मृत्यु भएको हो । घाइते ११ जनालाई उपचारको लागि अस्पताल पठाइएको छ ।
लगनबाट डडेलधुरातर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जीप आइतबार बिहान अनियन्त्रित भइ पल्टिभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जीप चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend