आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

सडक भासिएपछि पृथ्वी राजमार्गमा एकतर्फी गाडी चल्दै

सडक भासिएपछि पृथ्वी राजमार्गमा एकतर्फी गाडी चल्दै

चितवन । सडक भासिएपछि पृथ्वी राजमार्गमा एकतर्फी गाडी चलिरहेका छन् । 

पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर-३ फिस्लिङ्मा सडक भासिएपछि एकतर्फी गाडी चलिरहेका हुन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार बिहान ३० मिटर लम्बाई र ५ मिटर चौडाई सडक भासिएको हो ।

सडक भासिएसँगै पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार नदीले कटान गरेर सडक भासिएको हो ।

भासिएको ठाउँमा मर्मतको काम भईरहेको उनले जानकारी दिए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend