आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

नारायणगढ-मुग्लिन सडकखण्ड खुल्याे

नारायणगढ-मुग्लिन सडकखण्ड खुल्याे

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड खुलेको छ।

भरतपुर महानगरपालिका-२९ सेती दोभानमा शनिबार राति खसेको पहिरो हटाएपछि अहिले दुईतर्फी नै गाडी गुड्न थालेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको थियाे । 

अहिले पनि माथिबाट ढुङ्गा र पहिरो खसिरहेको भन्दै प्रहरीले सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ।

यसअघि शुक्रबार राति खसेको पहिरो शनिबार बिहान पन्छाएँंगै खुलेको थियो। बिहीबारदेखि यस सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ।

हरेक वर्ष याे सडकखण्डमा पहिराे खस्दा अवरुद्ध हुँदै आएको छ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend