आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

राज्यमन्त्री पदबाट राजीनामा दिएकी रायमाझीले भनिन् ‘सरकारलाई मेरो समर्थन छैन’

राज्यमन्त्री पदबाट राजीनामा दिएकी रायमाझीले भनिन् ‘सरकारलाई मेरो समर्थन छैन’

काठमाडौं । लुम्बिनी प्रदेशकी प्रदेश सभा सदस्य सुमन शर्मा रायमाझीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएकी छिन् । लुम्बिनी प्रदेश सरकारको राज्यमन्त्री पदबाट शुक्रबार राजीनामा दिएकी रायमाझीले शंकर पोखरेल नेतृत्वको सरकारलाई आफ्नो समर्थन नरहेको प्रदेशसभा सचिवालयलाई जानकारी गराएकी हुन्।

उनले आफूले संसदीय दल र पार्टीको निर्णय विपरीत पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको, तर हाल राज्यमन्त्री पदबाट राजीनामा दिई विपक्षमा रहने निर्णय गरिसकेको पत्रमा उल्लेख गरेकी छन्। 

आइतबार प्रदेशसभा सचिवालयमा पत्र पठाई रायमाझीले अब जनता समाजवादी पार्टीको मूलधारमा रही पार्टी संसदीय दलका नेता सहसराम यादवको नेतृत्वमा काम गर्ने र पोखरेल नेतृत्वको सरकारलाई कुनै किसिमको समर्थन नरहेको बताइन्।

Suman Rayamajhi.jpg

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend