आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

ओलीसंग भेट्न नेपालले अस्वीकार गरे : पौडेल

ओलीसंग भेट्न नेपालले अस्वीकार गरे : पौडेल

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग भेट्न अस्वीकार गरेको बताएका छन् । 

पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री ओलीका विश्वास पात्र नेता पौडेलले आईतबार बिहान नेता नेपाललाई भेटेका थिए । त्यसक्रममा प्रधानमन्त्रीसंग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुची नदेखाएको नेता पौडेलको भनाइ छ । राष्ट्रियसभाको बैठकपछि नेता नेपालसंगको भेटबारे संञ्चारकर्मीले राखेको जिज्ञासामा नेता पौडेलले आफूले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको तर नेपालले रुची नदेखाएको बताए । 

‘माधव कमरेडको घरमा गएका थियौ । म सुवास जी र शंकर जी भएर । उहाँसंग एकछिन कुराकानी भयो । हामीले के आग्रह गर्यौ भने, पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ । हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरु छैनन् । तपाईहरु एक आपसमा बस्नुहोस् नेताहरु पनि । हामी पनि आपसमा विभिन्न साथीहरुसंग छलफलमा छौ’, उनले भने, ‘समाधान खोजेर अगाडि जाउँ । पार्टी अध्यक्ष र तपाईकोबीचमा मिटिङ होस् हामी त्यो चाहन्छौ । भनेर हामीले प्रस्ताव राख्यौ ।उहाँले खासगरीकन प्रधानमन्त्रीसंग भेट्नका लागि अरुची प्रकट गर्नुभयो । भेट्ने कुरामा खासै रुची राख्नुभएन । ठिकै छ छलफल गर्दे जाउँ भनेर हामी उठ्यौ ।

यसअघि आइतबार बिहान नेता सुवास नेम्वाङ, शंकर पोखरेल र विष्णु पौडेललाई नेपाल निवास कोटेश्वर पुगेका थिए उनीहरुबीच झण्डै एक घण्टा छलफल भएको थियाे । छलफलका क्रममा नेम्वाङ, पोखरेल र पौडेलले हस्ताक्षर फिर्ता लिन अनुरोध गर्दै हस्ताक्षर फिर्ता लिए पार्टी एकता सम्भव भएको ओलीको अडान सुनाएका थिए।

तर नेपालले आफ्नो समूहले ओलीले दिएको निर्देशन अनुसार हस्ताक्षर फिर्ता गर्ने सम्भावना नरहेको अडान दोहोर्यााएका छन् ।

उनले अदातली प्रक्रियामा गइसकेकाले हस्ताक्षर फिर्ता नहुने जवाफ भन्दै आफू पक्षका नेताहरुसँग हस्ताक्षर फिर्ता माग्नु मृत्युपत्रमा हस्ताक्षर गर्नु जस्तै भएको अभिव्यक्ति दिएका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend