आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन मार्फत नीति र नेतृत्वमा महिला आउने हिम्मत गर्नुपर्छ – डा डिला संग्रौला

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन मार्फत नीति र नेतृत्वमा महिला आउने हिम्मत गर्नुपर्छ – डा डिला संग्रौला

काठमाडौँ ।  काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा डिला संग्रौलाको विशेष अग्रसरता र संयोजकत्वमा ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन: नीति र नेतृत्वमा महिला’ अन्तर्गतको अन्तरसम्बाद कार्यक्रम आइतबार  १ र २ नम्बर प्रदेशमा सम्पन्न भएको छ।  

कार्यक्रममा प्रमुख बक्ताको रुपमा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला  विशेष वक्ताको रुपमा पूर्व उपसभामुख तथा कोषाध्यक्ष  चित्रलेखा यादव त्यस्तै पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला प्रदेश नम्बर १ र दुईका  प्रदेश सभा सदस्यहरु त्यसैगरी प्रदेशका सबै जिल्ला सभापतिहरु महिला संघका नेताहरु सहित  तीन सय भन्दा बढी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको  थियो।  

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं कार्यक्रमका संयोजक डा डिला सङ्ग्रौलाले नेपालमा आधाभन्दा बढी जनसङ्ख्या भएको महिलाहरु कांग्रेसको  महिलामा कांग्रेसको पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट गर्नुपर्ने र अबको  १४ औँ महाधिवेशन नीति र नेतृत्वमा महिला हुनुपर्ने धारणा ब्यक्त गरिन्।  

संग्रौलाले  संविधानले राज्यको हरेक निकाय र पार्टीको हरेक संरचनामा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गरे पनि उक्त अधिकारको पालना नभएको  भन्दै त्यसको शुरुवात अब महाधिबेशन मार्फत नेपाली कांग्रेसले गर्नुपर्ने बताइन।  

कार्यक्रममा प्रमुख बक्ता नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महिलामा कांग्रेसको  पार्टी पदाधिकारीमा पुरुषसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता महिलाले राखेमात्र महिला क्षमता विकास हुने बताए ।

‘पार्टीभित्र महिलाहरु समावेशी अधिकारका लागि मात्र लडेर हुँदैन, प्रतिस्पर्धामा जानुपर्छ, प्रतिस्पर्धासँगै महिलाको क्षमता विकास हुँदै जान्छ,’ नेता सिटौलाले भने । पार्टीका पूर्व महामन्त्री सिटौलाले पार्टीभित्र चाकडी र चाप्लुसी बढ्दै गएकाले महिलाहरु नेतृत्वमा पुग्न नसकेको उल्लेख गरे । उनले संविधानअनुसार महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत अधिकार दिनेबारेमा पार्टीभित्र आफू सकारात्मक रहेको स्पष्ट पारे ।

कांग्रेस पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले महिलाहरु नेतृत्वमा पुग्न नसकेसम्म महिलाका लागि उचित नीति बन्न नसक्ने बताए । ‘पार्टीको नीति निर्माणको ठाउँमा पुरुष हावी हुँदा महिला नेतृत्वलाई अगाडि बढाउन गाह्रो भयो,’ उनले भने ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend