बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

राजनीतिक विश्लेषक भरत दाहालले खोले नयाँ पार्टी

राजनीतिक विश्लेषक भरत दाहालले खोले नयाँ पार्टी

काठमाडौं । राजनीतिक विश्लेषक भरत दाहालको पार्टी ‘त्रिमुल नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ । साविकको संयुक्त राष्ट्रिय जनपरिषद नेपाललाई निर्वाचन आयोगले आइतबार ‘त्रिमुल नेपाल’ नाम कायम गरी चुनाव चिह्न ‘गजुर’ प्रदान गरेको छ । 

राजनीति दल सम्बन्धी ऐन, २०७ं३ र राजनीतिक दल सम्बन्धी नियमावी, २०७४ को नियम २५ बमोजिम आयोगमा दल दर्ता नं. १०१ कायम रहेको साविक संयुक्त राष्ट्रिय जनपरिषद् नेपालको नाम त्रिमुल नेपाल दिइएको निर्वाचन आयोगले जनाएको छ । 

तत्कालिन संयुक्त राष्ट्रिय जनपरिषद नेपालका संयोजक रहेका भरत दाहालले पनि फेसबुकमार्फत दल दर्ताको काम पूरा भएको बताएका छन् । अब संगठनलाई कसरी व्यवस्थित गर्ने भन्ने चुनौति नै सबैभन्दा ठूलो समस्या रहेको उनले बताएका छन् । 

trimul nepal.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend