बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

ताप्लेजुङको सुकेटार विमास्थलमा नियमित उडान सुरु

ताप्लेजुङको सुकेटार विमास्थलमा नियमित उडान सुरु

ताप्लेजुङ । नेपाल वायु सेवा निगमले ताप्लेजुङको सुकेटार विमास्थलमा नियमित उडान सुरु गरेको छ । 

निगमले सोमबार काठमाडौँबाट नौ जना यात्रु लिएर नियमित उडान सुरु गरेको हो । तर  मौसम खराबीका कारण विमान अवतरण हुन नसकेपछि विमान काठमाडौ नै फर्किएको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बुले जानकारी दिए । उनका अनुसार ताप्लेजुङबाट १२ यात्रुले काठमाडौँ जानका लागि बुकिङ गरेर सुकेटार विमानस्थलसम्म पुगेका थिए । 

सुकेटारमा  हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) नियमित उडान हुने सुकेटार विमानस्थल कार्यालयले जनाएको छ । तत्कालका लागि काठमाडौँदेखि ताप्लेजुङसम्म सात हजार ५० र ताप्लेजुङदेखि काठमाडौँ सात हजार १९० भाडा तोकिएको छ ।

निगमले ताप्लेजुङदेखि प्रदेश १ राजधानी विराटनगरमा पनि नियमित उडानका लागि प्रक्रिया अगाडि बढाइरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend