
संखुवासभा । संखुवासभामा पहिरोले एक घर बगाएको छ । गएराति माथिबाट खसेको पहिरोले सिलिचोङ गाउँपालिका-१ तेन्छोङका ८२ बर्षीय छत्तिसकुमार राईको घर बगाएको प्रहरीले जनाएको छ ।
पहिरो खसेको थाहा पाएपछि राई र उनकी श्रीमतीले भागेर ज्यान जोगाएका छन् । घरमा उनीहरु मात्रै बस्ने गरेका थिए ।
अहिले प्रहरीको टोली घटनास्थल पुगेको छ । थप विवरण आउँन बाँकी छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend