
चितवन । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गराएका छन् ।
यही असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर घरबाट निस्किएकी भण्डारी आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा मृत फेला परेकी हुन् । उनको हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले बिहानैदेखि विरोध प्रदर्शन गर्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् ।
स्थानीयसँग सहमति गरी राजमार्ग खुलाउने प्रयास भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पूर्वी चितवनको भण्डारास्थित धमिले जंगलमा आइतबार साँझ युवतीको शव भेटिएको थियो । उक्त शव राप्ती नगरपालिका–३ प्रगतिचोककी २२ वर्षीया सुजिता भण्डारीको रहेको भन्दै आफन्तले सनाखत गरिसकेका छन् ।
आफन्तका अनुसार बेपत्ता हुनुअघि सविताले आत्तिादै परिवार सदस्यलाई सम्पर्क गरेकी थिइन् । घटनाकाे विस्तृतबारे छिट्टै पत्ता लाग्ने प्रहरीले जनाएकाे छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend