आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

माओवादी प्रवक्ताकाे प्रश्न : उपधारा ५ मा २ आकर्षित हुने भए छुट्टै धारा किन राख्नुपर्थ्यो ?

माओवादी प्रवक्ताकाे प्रश्न : उपधारा ५ मा २ आकर्षित हुने भए छुट्टै धारा किन राख्नुपर्थ्यो ?

काठमाडाैं । नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले संविधानको धारा ७६ (५) अनुसारको सरकार बनाउन सांसदहरू स्वतन्त्र रहेको दाबी गरेका छन् ।

उपधारा ५ मा २ आकर्षित हुने भए छुट्टै धारा किन राख्नुपर्थ्यो ? उनले प्रश्न गरे । 

सोमबार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा माओवादी नेता श्रेष्ठले संविधानको स्पिरिट धारा ७६ (५) मा सांसद स्वतन्त्र रहने नै भएको दाबी गरे ।

श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र, संविधान र कम्युनिष्ट आन्दोलन मास्न लागिपरेको आरोप समेत लगाए । श्रेष्ठले प्रतिनिधि सभा नरहेको अवस्थामा राष्ट्रिय सभाको अधिवेशन तत्कालै अन्त्य गर्नेतर्फ नसोच्न पनि सरकारको ध्यानाकर्षण गराए । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend