आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

बर्दियामा पाटेबाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दियामा पाटेबाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

आइतबार दाउरा खोज्न निस्किएका मधुवन नगरपालिका ३ का ६७ वर्षका चित्रबहादुर खत्रीको शव क्षतविक्षत अवस्थामा साेमबार सम्झना सामुदायिक वन भित्र भेटिएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए । उनका अनुसार खत्रीको शव नेपाल भारत सीमा क्षेत्रमा पर्ने पिलर नम्बर ८३ र ८४ को बीच भागमा भेटिएको हो । 

बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्ष भित्र १२ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend