काठमाडाैं । नेपाली कांग्रेसका सांसदले राष्ट्रिय सभा बैठकमा सरकारको विरोधमा कालो टोपी प्रदर्शन गरेर विराेध जनाएका छन् । कांग्रेस सांसद रमेशजंग रायमाझीले सरकार र प्रतिनिधि सभा विघटनविरूद्ध सांकेतिक रूपमा कालो क्याप देखाएका हुन् ।
‘सदनमा कालो झण्डा देखाउने अवस्था नभएकाले प्रधानमन्त्रीको कदमविरूद्ध सदनले थाहा पाओस् कालो झण्डाका रूपमा प्रस्तुत गरेको छु’ संसदमा रायमाझीले भने ।
आफू राष्ट्रिय सभा बैठकमा सहभागी हुन कालो क्याप, कालो सर्ट, कालो कोट लगाएर पुगेका उनले बताए । काेराेना महामारीका कारण लकडाउनको नभएको भए प्रतिनिधि सभा विघटनविरूद्ध लाखौँ मान्छे कालो झन्डा बोकेर सडकमा निस्कने उनकाे भनाइ थियाे ।
तर त्याे अवस्था अहिले नभएकाले आफूले यस प्रकारले विराेध जनाएकाे उनले बताए ।