आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

प्रतिनिधिसभा विघटनकाे मुद्दा हेर्दाहेर्दैमा, असार २८ मा फैसला 

प्रतिनिधिसभा विघटनकाे मुद्दा हेर्दाहेर्दैमा, असार २८ मा फैसला 

काठमाडाैं । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा बहस सकिएको छ । 

निरन्तर सुनुवाई सुरु भएको ११ औं दिनमा सोमबार बहस सकिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले अब, सो मुद्दाको फैसला असार २८ मा गर्ने भएको छ ।

सोमबारको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मुद्दा असार २८ गतेसम्मलाई हेर्दाहेर्दैमा राखिएको बताएका हुन् ।

सर्वोच्च अदालत स्रोतका अनुसार, प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा बहस सकिएकाले २८ असारमा फैसला आउने अनुमान गरिएकाे छ । 

प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गर्दै धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश माग गरेका छन् ।

उक्त रिटमाथि प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend