आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

इजरायली प्रधानमन्त्री र रूसी राष्ट्रपतिबीच फोनवार्ता, छिट्टै भेट गर्न सहमत

इजरायली प्रधानमन्त्री र रूसी राष्ट्रपतिबीच फोनवार्ता, छिट्टै भेट गर्न सहमत

एजेन्सी । इजरायली प्रधानमन्त्री नफ्ताली बेनेट र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबा ‘छिट्टै’ भेटवार्ता गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री बेनेटको कार्यालयद्वारा जारी विज्ञप्तिमार्फत् दुई नेताबीच भेटवार्ताका लागि सहमति बनेको जानकारी गराइएको हो ।
 
बेनेटले सत्ता सम्हालेपछि रूसी नेता पुटिनसँग भएको पहिलो फोन वार्तालापमा दुवै नेताले सुरक्षा र कूटनीतिक मुद्दाहरूबारे छलफल आदानप्रदान भएको हो । 

रूसले क्षेत्रीय स्थायित्व कायम गर्न र अपहरणकारी र बेपत्ताको सवालमा गरेको सहयोगका लागि पुटिनको भूमिकाका लागि बेनेटले धन्यवाद दिएको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले १९९० को दशकदेखि इजरायलमा बसाइएका १० लाख भन्दा बढी रूसी यहूदी व्यक्तिहरूको भूमिकाबारे पनि छलफल गरेका थिए। पुटिनले ‘दुई देशबीचको पुल’को रूपमा काम गर्नेमा बेनेटले विश्वास व्यक्त गरेको बताइएको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend