बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

जर्मनीले नेपालसहित पाँच देशमाथि लगाएको प्रतिबन्ध हटाउँदै 

जर्मनीले नेपालसहित पाँच देशमाथि लगाएको प्रतिबन्ध हटाउँदै 

एजेन्सी । कोभिडका कारण जर्मनीले विभिन्न देशका यात्रुहरुलाई लगाएको प्रतिबन्ध बुधबारदेखि हटाउने भएको छ । यूके र नेपालसहित पोर्चुगल, रुस र भारतका नागरिकहरूमा लगाइएको प्रतिबन्ध हटाइने भएको हो ।

यद्यपी त्यसका लागि खोप नलगाएका मानिसहरुले १० दिनसम्म क्वारन्टीनमा बस्नुपर्ने छ भने पूर्ण रूपमा खोप प्राप्त गरिसकेका मानिसहरू जर्मनी पुगेपछि क्वारन्टीनमा समेत बस्नु नपर्ने बीबीसीमा उल्लेख छ । 

क्वारेनिटनमा बसेकाहरुको पाँचौँ दिनमा परीक्षण गर्दा नतिजा नेगेटिभ आए क्वारन्टीनबाट बाहिरिन पाउने छन्।

यी पाँच राष्ट्रहरूलाई अब ुुहाइ इन्सिडेन्स एरियाजुु अर्थात् सङ्क्रमितहरूको सङ्ख्या अझै उच्च रहेको देशका रूपमा वर्गीकृत गरिने त्यहाँको एक निकायले जनाएको छ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend