
दैलेख । कालिकोट जिल्लाको रासकोट नगरपालिका–६ कालापानीमा बोलेरो जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हनेमा ३६ वर्षीय पम्फा फडेरा रहेको प्रहरीले जानकारी दिएको छ।
रासकोटदेखि सानीघाट आउँदै गरेको क १ ज ३३ नम्बरको बोलेरो जिप आज बिहान ७ः३० बजेतिर दुर्घटना भएको कालिकोटले प्रहरीले जनाएको छ ।
घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ।
जिपमा चालकसहित १२ जना सवार थिए। ओरालो सडकमा अनियन्त्रित भएर जिप दुर्घटनामा परेको प्रहरीको भनाइ छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend