आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

रुसमा २८ जना चढेकाे विमान सम्पर्कविहीन

रुसमा २८ जना चढेकाे विमान सम्पर्कविहीन

काठमाडाैं । रुसको सुदूरपूर्वमा रहेको कामचात्का प्रायद्वीपमा २८ जना सवार रहेको एएन–२६ विमान हराएको छ ।

उक्त विमान हराएकाेबारे रुसको तास समाचार संस्थाले क्षेत्रीय अधिकारी उद्धृत गरी खबर प्रकाशित गरेकाे छ । अवतरणको क्रममा विमानले एयर ट्राफिक कन्ट्रोलसँगको सम्पर्क गुमाएको समाचारमा जनाइएकाे छ । 

२२ जना यात्रु र ६ चालक दलका सदस्य भएको एएन-२६ जहाज पेट्रोपाभलोभ्स्क-काम्चात्स्कीबाट कामचात्का प्रायद्वीपको पालाना गइरहेकाे थियाे । विमान के कारणले हरायाे भन्नेबारेमा अहिलेसम्म खुल्न सकेकाे छैन । हराएकाे विमानकाे खाेजी भइरहेकाे छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend