आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

जसपाका दुवै पक्ष निर्वाचन आयाेगमा 

जसपाका दुवै पक्ष निर्वाचन आयाेगमा 

काठमाडाैं । निर्वाचन आयोगले बोलाएपछि जसपाका दुवै पक्ष मंगलबार निर्वाचन आयोग पुगेका छन् । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष विवाद बढेपछि दुवैले आफू आधिकारिक भएकाे भनी एक अर्कालाई कारबाही गरेका थिए । 

तर उनीहरुले एक अर्कालाई गरेको कारवाहीलाई निर्वाचन आयोगले वैधता दिन अस्वीकार गरेको थियो । आयोगले दुवै पक्षको कारवाही नमिलेको भन्दै सहमतिको प्रयासका लागि छलफलमा बोलाएको थियो । 

पार्टीमा सहमति नभई कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै ठाकुर पक्षले उपेन्द्रलाई कारवाही गरेका थियो । केपी ओली सरकारमा सहभागी भएर प्रतिनिधि सभा विघटनको समर्थन गरेको भन्दै उपेन्द्र यादव पक्षले महन्थसहितका ४ नेतालाई कारवाही गरेको थियो । 

आयोगको छलफलमा अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतो तथा अर्को तर्फबाट अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठसहित शीर्ष नेता सहभागि भएका छन् । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend