आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

पहिराे खसेपछि मध्यपहाडी राजमार्ग अवरुद्ध

पहिराे खसेपछि मध्यपहाडी राजमार्ग अवरुद्ध

बागलुङ । पहिराे खसेपछि मध्यपहाडी (पुष्पलाल) राजमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।  

राजमार्गको बागलुङखण्डअन्तर्गत बागलुङ नगरपालिका-३ बोक्से, काठेखोला गाउँपालिकाको अछेतामाथिको सुन्तली घुम्ती र बयलडाँडामा राति खसेको पहिराेले सडक अवरुद्ध भएको हो ।

दुई स्थानमा पहिरो खसेको तथा बोक्सेमा भलसहित लेदो आएर सडक अवरुद्ध भएको राजमार्ग आयोजना कार्यालयका इञ्जिनीयर उज्ज्वल शर्माले जानकारी दिए । उनका अनुसार पहिरो हटाउन आवश्यक उपकरण तीन स्थानमै खटाइएको छ । दिउँसाेसम्ममा सडक खुलाउने गरी काम भइराखेकाे उनले बताए ।

कालीगण्डकी करिडोर र बागलुङ-बलेवा जाने सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएकाे छ । बागलुङ पोखरा सडकअन्तर्गत पर्वतको सहस्रधारामा समेत पहिरो खसेपछि राजमार्गको सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend