आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

उपत्यकाकाे निषेधाज्ञा खुला, अझ के–के गर्न पाइँदैन ?

उपत्यकाकाे निषेधाज्ञा खुला, अझ के–के गर्न पाइँदैन ?

काठमाडाैं । काठमाडौं उपत्यकाभित्र १० दिन निषेधाज्ञा थप गरिएकाे छ । काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यसअघि नै  असार ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो ।

मंगलबारदेखि लागू निषेधाज्ञामा सवारी साधनमाथि लगाइएको जोरबिजोर प्रणाली हटेको छ । सार्वजनिक तथा निजी सवारी साधनमाथि लगाइको जोरबिजोर प्रणाली हटेपछि सडकमा भीड बढेकाे छ । 

काठमाडौं उपत्यका भित्र प्रवेश गर्नेहरूले भने सम्बन्धित जिल्लाबाट जारी भएको प्रवेश अनुमति पत्र लिएर मात्र आउन पाउने व्यवस्था गरिएको छ । अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिई छोटो, मध्यम तथा लामो दूरीका सार्वजनिक तथा निजी सवारी साधनहरु प्रवेश गर्न पाउनेछन् ।

निषेधाज्ञा खुकुलाे पारिए पनि सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेसलगायत दर्शकसहित हुने सबै प्रकारका गतिविधिमा पूर्ण रोक कायमै छ । 

खुला स्थानमा हुने भेला, होटल तथा पार्टी प्यालेसमा हुने विवाह व्रतबन्धलगायत सामूहिक रूपमा गरिने कार्यक्रम, नित्य पूजाबाहेक सबै धार्मिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका गतिविधि गर्न पाइने छैन । 

घरबाट मानिस बाहिर निस्किँदा दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्नेछ । मास्क अनिवार्य लगाउनुपर्नेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend