
सुनसरी । सुनसरी बराहक्षेत्रबाट १५० किलो गाँजासहित दुईजना पक्राउ परेका छन् । दुई जना फरार छन् ।
मंगलबार बिहान बराहक्षेत्र नगरपालिका ८ शुक्रबारे चतरामा २ च ११२ नम्बरको मारुती भ्यान र को २ प ३५०२ नम्बरको मोटरसईकल जाँच्ने क्रममा भ्यानबाट १५० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले १५० किलो गाँजासहित स्थानीय २२ बर्षीय भुपेन राय र सुनसरी रामधुनी ७ का २५ बर्षीय अमिर लिम्बुलाई पक्राउ गरेको छ । फरार दुई जनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend