बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

जसपा विभाजन पक्का, फुट्ने सहमति गरेर निर्वाचन आयोगबाट बाहिरिए नेताहरु 

जसपा विभाजन पक्का, फुट्ने सहमति गरेर निर्वाचन आयोगबाट बाहिरिए नेताहरु 

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) फुट्ने लगभग पक्का भएकाे छ । मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुवै पक्ष पार्टी एकताको साटो फुटेर आ–आफ्नो बाटो लाग्न सहमत भएको निकट स्राेतले बताएकाे छ । 

मंगलबार आयोगले सहमतिका लागि जसपाका दुबै पक्षलाई आयोगमा बोलाएर छलफल गरेको थियो । दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ ।

यसअघि जसपा अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादव र यादव पक्षले ठाकुर पक्षका नेताहरूमाथि कारवाही गरेर निर्वाचन आयोगलाई जानकारी गराएका थिए ।

दुवै पक्षले गरेको कारवाही प्रक्रियासम्मत नभएको भन्दै आयोगले जसपाको दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । २०७७ वैशाख १२ गते तत्कालीन संघीय समाजवादी फोरम र जनता पार्टी मिलेर जसपा बनेको थियो ।

पछिल्लाे समय प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि जसपाकाे उपेन्द्र यादव पक्ष प्रधानमन्त्रीकाे उक्त कदमकाे विराेध गरिरहेकाे छ भने महन्थ ठाकुर पक्षले प्रधानमन्त्रीकाे साथ दिइरहेकाे छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend