काठमाडौँ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन्।
एमाले एकता कार्यदलको बैठक सिंहदरबारमा बसिरहेका बेला प्रचण्ड नेता नेपाल निवास कोटेश्वर पुगेका हुन् ।
मंगलबार बिहान पार्टी केन्द्रीय सदस्य महादेव यादवको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउन जनकपुर पुगेका प्रचण्ड फर्कने क्रममा नेता नेपाल निवास पुगेका हुन् ।
अहिले दुई नेताबीच छलफल भइरहेको छ ।