आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

मंगलबार रातिदेखि पानी पर्ने क्रम बढ्ने : बाढी, पहिरो र डुबानको जोखिम

मंगलबार रातिदेखि पानी पर्ने क्रम बढ्ने : बाढी, पहिरो र डुबानको जोखिम

काठमाडौं । मंगलबार रातिदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

मनसुनी  वायुको  प्रभावका कारण मंगलबार रातिदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद्ले पूर्वानुमान गरेका हुन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार राति प्रदेश १ का एकरदुई स्थानमा  मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ  ।

राति देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भइ प्रदेश  १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १ का एक/दुई स्थानमा  मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा  मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ  । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । यस्तै राति प्रदेश १, २,  बाग्मती, गण्डकी र लुम्बीनी प्रदेशका केही स्थानमा  मेघगर्जनसहित भारी वर्षा हुँदा गण्डकी र लुम्बीनी प्रदेशका  एकरदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । अरु स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  

यसैगरी बिहीबार दिउँसो प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ । अरु स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। राति प्रदेश १, सुदुरपश्चिम र बागमती प्रदेशका थोरै स्थानमा  मेघगर्जनसहित भारी वर्षा हुँदा अरु स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ ।

महाशाखाले मंगलबार राति प्रदेश १ का थोरै स्थानमा मेघगर्जनसहित भारी वर्षा हने र अरु प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो र डुबानको जोखिम रहेको बताएको छ । महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दा र भिरालो जमिन आसपासका बासिन्दालाई सहज हुन पनि अनुरोध गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend