बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

२४ घण्टामा २६ सयमा संक्रमण पुष्टि, १५ सय निको 

२४ घण्टामा २६ सयमा संक्रमण पुष्टि, १५ सय निको 

काठमाडौं । नेपालमा थप २६ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा १२ हजार ५८५ जनाको परीक्षण गर्दा २ हजार ६३४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ५०३ जनाको पीसीआर गर्दा १ हजार ७१८ जना र ५ हजार ८२ जनाको एन्टिजेन परीक्षण गर्दा ९१६ जना गरी २ हजार ६३४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ८७ हजार ९९५ पुगेको छ । 

यस्तै २४ घण्टामा एक हजार ५६५ जना कोरोना संक्रमण मुक्त भएसँगै कोरोना निको हुनेको संख्या ६ लाख १२ हजार ९९४ पुगेको छ । यो संक्रमितको ९४ दशमलभ ६ प्रतिशत हो ।

यस्तै २४ घण्टामा १५ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार २६३ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यो मृत्युदर संक्रमितको १ दशमलव ५ प्रतिशत हो । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend