
काठमाडौं । परीक्षण बढेसँगै कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । यसअघि परीक्षण घट्दै गएसँगै संक्रमितको संख्यामा पनि कमि आएकोमा मंगलबार परीक्षण बढाएसँगै संक्रमितको संख्या पनि बढेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १२ हजार ५८५ जनाको परीक्षण गर्दा २ हजार ६३४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यसअघि सोमबार ११ हजार ५२७ को परीक्षण गर्दा २ हजार ६२२ जनामा कोरोना पुष्टि भएको थियो । यसैगरी आइतबार ८ हजार १३२ जनाको परीक्षण गर्दा १ हजार ६०३ जनामा संक्रमण देखिएको थियो भने शनिबार १० हजार १३३ को परीक्षण गर्दा २ हजार ३२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
मंगलबार परीक्षण बढेसँगै संक्रमितको संख्या पनि बढेको हो । गत २४ घण्टामा ७ हजार ५०३ जनाको पीसीआर गर्दा १ हजार ७१८ जना र ५ हजार ८२ जनाको एन्टिजेन परीक्षण गर्दा ९१६ जना गरी २ हजार ६३४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ८७ हजार ९९५ पुगेको छ ।
यस्तै २४ घण्टामा एक हजार ५६५ जना कोरोना संक्रमण मुक्त भएसँगै कोरोना निको हुनेको संख्या ६ लाख १२ हजार ९९४ पुगेको छ । यो संक्रमितको ९४ दशमलभ ६ प्रतिशत हो ।
यस्तै २४ घण्टामा १५ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार २६३ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यो मृत्युदर संक्रमितको १ दशमलव ५ प्रतिशत हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend