
काठमाडाैं । दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नं. १७ ज्याठा गल्लीभित्रको चिनका नागरिकले सञ्चालन गरेको एक होटलबाट चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चिनियाँ नागरिकहरुले दुर्भल वन्यजन्तुको अखेटोपहारको अवैध कारोबार र सम्पत्ती हारजित हुने गरी जुवातास सट्टाबाजी खेलाइरहेको अवस्थामा चार जना चिनियाँ नागरिक पक्राउ गरेको प्रहरीले बताएको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरुबाट जुवातास खेल्न प्रयोग गरेका बिद्युतिय टेबल २ थान, जुवातास खेल्न प्रयोग हुन चाईनिज भाषा माजुङ बताउने प्लाष्टिकको गोटी ४१० थान, नगद ८ लाख ८९ हजार १५५ रुपैयाँ, विभिन्न कम्पनीका मोबाइल ७ थान, बाघको छाला जस्तो देखीने वस्तु १ थान, गाइको छाला जस्तो देखिने वस्तु १ थान, कस्तुरीको बिना जस्तो देखिने वस्तु २० थान, बुद्वचित्त ९०० थान, रुद्राक्ष अन्दाजी २० किलोग्राम बरामद गरेको छ ।
यस्तै, उनीहरुको साथबाट राहदानी २ थान, चिनका बिभिन्न बैंकहरुको एटिएम कार्ड ३५ थान, भौचर पाना(लेखिएका) २५० थान, भौचर पाना (नलेखिएका) ६८ थान, बाघको दाँत जस्तो देखीने वस्तु २ थान, फलामको धारिलो खुकुरी २ थान र फलामको धारिलो तरबार १ थान बरामद भएको पनि प्रहरी वरिष्ठ उपरिक्षक अशोक सिंहले जानकारी दिए ।
पक्राउ परेका चिनियाँ नागरिकहरुको प्रहरी वृत्त लैनचौरवाट थप अनुसन्धानकाे काम भइरहेको छ ।
त्यस्तै, प्रहरीले पत्रकार सम्मेलनमा धारिलो हतियार प्रयोग गरी ज्यान मारेको अभियोगमा पक्राउ परेका ३ (तीन) जनालाई पनि सार्वजनिक गरेको छ ।
यही असार २० गते महोत्तरी जलेश्वर न.पा वडा नं. २ घर भइ हाल काठमाण्डौै जिल्ला चन्द्रागिरि न.पा. वडा नं. ३ थानकोट मंगलोदय स्कुल नजिक बस्ने २० वर्षिय जितेन्द्र साहलाई हत्या गर्ने चन्द्रागिरि न.पा वडा नं. ३ थानकोट बस्ने ३६ वर्षीय सोमलाल गोपाली, मकवानपुर दामन – ९ घर भइ चन्द्रागिरी न.पा. १ दहचोक बस्ने २५ वर्षीय मनोज दोङ तामाङ र चन्द्रागिरी.न.पा–८ मातातिर्थबाट साहिल गोपालीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend