बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

अपडेट : हराएको रुसी विमान समुद्रमा दुर्घटनाग्रस्त

अपडेट : हराएको रुसी विमान समुद्रमा दुर्घटनाग्रस्त

काठमाडाैं । यात्रु र चालकदलका सदस्य गरी २८ जना लिएर उडेको रुसी यात्रुवाहक विमान समुद्रमा दुर्घटना भएको छ ।

मंगलबार रुसको कामाचात्का प्रायद्विपमा विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको रुसको आरआइए समाचार एजेन्सीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । 

अवतरण गर्नुभन्दा ठिक अगाडि एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क विच्छेद भएपछि यो विमान हराइरहेको थियो । विमानमा २२ जना यात्रु र ६ जना चालकदलका सदस्य थिए । 

इन्टरफ्याक्स समाचार एजेन्सीले मेटेलोजी सेन्टरलाई उद्धृत गर्दै जनाएअनुसार दुर्घटनाको बेला त्यस क्षेत्रमा बादल लागेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend