
काठमाडौं । देशभर मनसुनी वायुको प्रभावले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार बुधबार दिउँसो देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । यी प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबारसम्म नै जारी रहने विभागले जनाएको छ ।
आगामी २४ घण्टा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशकाका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहने हुँदा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले सचेत रहन पनि विभागले भनेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend