बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

जीवन विकास लघुवित्तकाे आईपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता 

जीवन विकास लघुवित्तकाे आईपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता 

काठमाडाैं । जीवन विकास लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको प्राथमिक शेयर (आईपीओ) बुधबार बाँडफाँट गरेकाे छ । लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आफ्नाे कार्यालयमा शेयर बाँडफाँट गरेकाे हाे ।

शेयरमा कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको र ६५ हजार ५३८ जनाको आवेदन आस्बाबाट अस्वीकृत भएको क्यापिटलले जनाएको छ ।

लघुवित्तले गत असार ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री गरेको थियो । निष्काशन गरिएको कुल शेयरमध्ये ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको हुँदा बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।

मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाद्वारा बाँडफाँट गरिएको थियो । जसअनुसार १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर पाएका छन् भने सोमध्ये ५ जना भाग्यमानीले ११ कित्ता शेयर पाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend