आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

एमाले कार्यदलको बैठक सकारात्मक, भोलिसम्ममा टुंगाे लाग्ने 

एमाले कार्यदलको बैठक सकारात्मक, भोलिसम्ममा टुंगाे लाग्ने 

काठमाडाैं । नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदल बैठक सकारात्मक ढंगले अघि बढेको नेताहरुले बताएका छन् । पार्टी भित्र देखिएको विवाद समाधानका लागि दोस्रो तहका नेताहरु बुधबार सिंहदरबारमा छलफलमा जुटेका थिए ।

बैठक सकारात्मक भएको कार्यदलका एक सदस्यले सुनाैलाे नेपाललाई जानकारी दिए । तीन दिनदेखि एमाले कार्यदलको  बैठक निरन्तर बसिरहेको छ । बैठक सकारात्मक ढंगले अघि बढेको र भाेलिसम्ममा टुंगाे लाग्ने उनकाे भनाइ थियाे । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि फरक फरक गतिविधि गर्दै आएका एमालेका दुई समूहलाई मिलाउन दोस्रो तहका नेताहरु सक्रिय भएर लागेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ०७५ जेठ २ अघिको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने बताउँदै आएका छन् भने ओली समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने बताइरहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend