logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • जसपा विवाद मिलाउन निर्वाचन आयोगद्वारा इजलास गठन

    जसपा विवाद मिलाउन निर्वाचन आयोगद्वारा इजलास गठन

    2.5K
    Shares

    काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)भित्र देखिएको विवादकाे समाधानका लागि निर्वाचन आयोगद्वारा इजलास गठन गरेको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच जना आयुक्त रहने गरी आज इजलास गठन गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।  साउन ३ गते बिहान ११ बजे जसपा विवाद निरूपणबारे इजलास बैठक राखिएको छ । त्यसका लागि जसपाका दुबै पक्ष अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई बोलाइएको छ ।

    मंगलबार जसपाका अध्यक्षद्वय ठाकुर र यादव पक्षसँग छलफल गरेको थियो । उक्त छलफलमा आफूहरूलाई अलग गरिदिन उनीहरूले आयोगलाई भनेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend