
काठमाडाैं । सर्वोच्च अदालते शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई असार २९ गते उपस्थित हुन भनेको छ । बुधबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले शिक्षामन्त्री श्रेष्ठलाई २९ असारमा उपस्थित हुन भनेको हो ।
जातीय विभेदको आरोपमा पक्राउ परेकी सरस्वती प्रधानलाई छुटाउन पुगेका मन्त्री श्रेष्ठविरुद्ध पीडित रूपा सुनुवारले रिट दर्ता गरेपछि उनलाई उपस्थित हुन भनिएको हो ।
२० असारमा रुपाले शिक्षामन्त्रीलाई कानुन अनुसार कारबाही गर्दै मन्त्रीबाट बर्खास्तको मागसहित सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
यस्तो छ अदालतकाे आदेश :
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend