बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

हाइटीका राष्ट्रपतिकाे गाेली प्रहार गरी हत्या 

हाइटीका राष्ट्रपतिकाे गाेली प्रहार गरी हत्या 

काठमाडौं । हाइटीका राष्ट्रपति जाभोनेल मोइजको हत्या भएको छ। आफ्नै निवासमा उनको हत्या भएको हाइटी सरकारले जनाएको हाे । 

स्थानीय समयअनुसार राति १ बजे निजी निवासमा हतियारधारी एक समूहले राष्ट्रपति मोइसेको हत्या गरेको त्यहाँका प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत बताएका छन् ।

हत्या गर्नेहरु को हुन् भन्ने अहिलेसम्म नखुलेको उनीहरु स्पेनिस भाषा बोल्ने मानिसहरु रहेका विज्ञप्तिमा जनाइएको छ ।

घटनामा राष्ट्रपति मोइजकी पत्नी पनि घाइते भएकी छन् । अन्तरिम मन्त्री जोसेपले आक्रमणकारीविरुद्ध जसरी पनि कारबाही हुने बताएका छन् ।

५३ वर्षीय राष्ट्रपति मोइज सन् २०१७ को फेब्रुअरीदेखि सत्तामा थिए । उनले माइकल मार्टलीलाई विस्थापन गरेर सत्तामा पुगेका थिए । मोइजमाथि भ्रष्टाचार गरेको आरोप थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend