आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

कालीगण्डकी डाइभर्सनबारे छलफल गर्न सर्वोच्चले बोलायो ४ साउनमा सरकारलाई

कालीगण्डकी डाइभर्सनबारे छलफल गर्न सर्वोच्चले बोलायो ४ साउनमा सरकारलाई

काठमाडाैं । सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सनबारे छलफल गर्न सरकारलाई बोलाएको छ ।  परियोजनाबारे भएका निर्णय सम्बन्धी कागजात सहित ४ साउनमा छलफलमा आउन सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको हो । 

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले विषयवस्तुको प्रकृति र गम्भीरतालाई विचार गरेर दुवै पक्ष राखी छलफल गर्न उपयुक्त हुने देखिएको भन्दै छलफलमा झिकाएको हो । 

कालीगण्डकी नदीलाई पाल्पाको राम्दी पुलभन्दा २ किलोमिटर तल बाँध बाँधेर २७ किलोमिटर सुरुङ मार्फत तिनाउ नदीमा मिसाउने सरकारी योजना सार्वजनिक भएपछि त्यसविरुद्ध कानून व्यवसायी सर्वोच्च अदालत पुगेका हुन् । 

योजना पुरानै भए पनि अर्थमन्त्री विष्णु पौडेलले १२ असारमा आयोजनाको कार्यालय बुटवलमा उद्घाटन गरेपछि यो विषय विवादित बनेकाे हाे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend