आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा इंग्ल्यान्ड, उपाधिका लागि इटालीसँग भिड्ने 

५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा इंग्ल्यान्ड, उपाधिका लागि इटालीसँग भिड्ने 

एजेन्सी । १६ औँ संस्करणको युरोकप अन्तर्गत सेमिफाइनलको दोस्रो खेलमा इंग्ल्यान्ड विजयी बनेको छ। बिहीबार विहान सम्पन्न खेलमा डेनमार्कलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड ५५ वर्षपछि युरोकपको फाइनलमा पुगेको हो।

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा गोल गर्दै इंग्ल्यान्डले जित निकालेको हो। अतिरिक्त समयको १ सय ४ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २-१ को जित दिलाए । उनले आफैले हानेको पेनाल्टीको रिबाउन्डमा गोल गरेका हुन् ।

रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता डेनमार्कले बनाएको थियो । ३० औं मिनेटमा डाम्सगार्डले फ्रिकिकबाट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । यद्यपी यो क्रम खेलको अन्तिमसम्म भने टिक्न सकेन । 

खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोनले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो । दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो ।

इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । अब इंग्ल्यान्डले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार राति वेम्बली स्टेडियममा हुनेछ  ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend