बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

‘भेरोसेल’ खोप लिन बाइडबडी आज चीन जाँदै, पहिलो डोज ५५ वर्षमाथिका नागरिकलाई दिइने

‘भेरोसेल’ खोप लिन बाइडबडी आज चीन जाँदै, पहिलो डोज ५५ वर्षमाथिका नागरिकलाई दिइने

काठमाडौं । सरकार-सरकार (जिटुजी) मार्फत ल्याउन लागिएको कोरोना भाइरस विरुद्धको ‘भेरोसेल’ खोप लिन आज नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाज चीन जाने भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले चीनबाट भेरोसेल खोप ल्याउनका लागि आज साँझ जहाज त्यसतर्फ जाने बताए । आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो।

जहाजले असार २५ गते खोप ल्याउने छ। यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्तकालीन कार्य सञ्चालन प्रमुख डा.समीरकुमार अधिकारीले चीनबाट ल्याउन लागेको भ्याक्सिन अर्को हप्तादेखि लगाउन शुरु गरिने बताए । उनका अनुसार पहिलो मात्रा (डोज) ५५ वर्षमाथिका नागरिकलाई दिने भएको छ ।

चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend