
काठमाडौं । मनसुनी वायुको प्रभावले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको जल ताथ मौसम पूर्वानुमान विभागले जनाएको छ ।
विभागका अनुसार आगमी २४ घण्टा प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश मा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
बिहीबार लुम्बिनी, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित भारी वर्षाको हुने सम्भावना रहेको छ । यो वर्षा शनिबारसम्म निरन्तर जारी रहने विभागले जनाएको छ ।
त्यस्तै असार २५ गतेसम्म नारायणी र यसका सहायक नदीहरू विशेषगरि बुढिगण्डकी, त्रिशुली, मर्स्याङ्दी, कालीगण्डकी लगायतका नदीहरूमा बहाव उल्लेख्य बढ्ने हुँदा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान विभागले अनुरोध गरेको छ ।
यसैगरी सप्तकोशी र यसका सहायक नदीहरू सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण तमोर लगायतका नदीहरूमा बहाव बढ्ने तथा केहीमा सतर्कता तह आसपास पुग्ने पनि बाढी पूर्वानुमान विभागले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend